चाडपर्वको समयमा शनिबार पसल बन्द हुदाँ सेवाग्राही समस्यामा

Posted on: 19 Aug, 2017

ललित बोहरा/भदौ ३, डडेल्धुरा । महिलाहरुको महान चाड हरितालीका तिज लगायतका चाडपर्वको समयमा डडेल्धुरा सदरमुकामको एक मात्र मुख्य बजार शनिबार बन्द हुदाँ सेवा ग्राहीलाई समस्या भएको छ ।

तिजको यो समयमा महिलाहरु बिशेष गरी सुनचाँदी र श्रंगारका पसलहरु खोज्दै हिडने गरेको छन् । तर शनीबार सदमुकामको मुख्य बजार  बागबाजर बन्द हुदाँ समानहरु खरिद गर्न नपाउदाँ सेवाग्राहीहरुलाई धेरै समस्या भएको देख्न सकिन्थ्यो ।

 डडेल्धुराका ७ वटै स्थानीय तहबाट घराईसी उपभोग्य सम्पूर्ण सामाग्री देखी कपडाहरु सम्म खरिद गर्न सदमुकाम बागबजार आउने गरेको छन् । शनीबार सरकारी बिदाँको दिन परेकाले पनी बजारमा किनमेल गर्न आउनेको संख्या बढि रहेको एक फलफुल ब्यापारीले बताए ।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले हरेक बर्षको  हरितालिका तीज, गौरा पर्व, बडादशैँ तथा तिहार र उग्रतारा मेलाको  अवसरमा शनिबार पनी सार्वजनीक सुचना प्रकाशीत गरी बजार खुल्ने गरेको छ । तर हरितालीका तिज आउन ४ दिन मात्र बाँकी रहदाँ समेत शनीबार पसलहरु नखुल्दा सेवाग्राही मारमा परेका थिए ।

यस्तै चाडपर्व नजिकिए संगै मदिरा निषेधित क्षेत्रमा पनी मदिरा  वसारपोसार हुन थालेको छ ।

जिल्ला सदरमुकाम बागजारबाट बगरकोट सडक खण्डमा जिपहरुमा लूकाई छिपाई भागेश्वर गाउँपालीका र उग्रतारा मेलैली सडक खण्डबाट अजमेरु गाउँपालीकाको चमडाबजार लगायतका निषेदित क्षेत्रमा मदिरा वसारपोसर हुने गरेको छ ।

उक्त क्षेत्रहरुमा निषेधित क्षेत्र भने पनी खोल्याम रुपमा मदिरा बिक्री हुने गरेको र अस्थाई प्रहरी चौकी तथा जनप्रतिनीधीहरुले समेत चासो नदिएको स्थानीयले बताएका छन् ।

अजयमेरु गाउँपालीको वडा नम्बर ३ भद्रपुर बजारमा भने आधिकारी बिक्रेता रहेको जनाएको छ । यसका साथै ग्रामिण सडकमा सञ्चान हुने जिपहरुले क्षमता भन्दा दोब्बर यात्रु चालकले मदिरा सेवन गरेर बोकने गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!