शिव शिखर कृषि सहकारीद्वारा दशैँ भत्ता बितरण

Posted on: 23 Sep, 2017


असोज ७, डडेल्धुरा । शिव शिखर कृषि सहकारी सस्ंथा लिमिटेडले आफ्ना ग्राहक हरुलाई कृषक वृद्ध बचत खाताको दशै भत्ता बितरण गरेको छ । 

आज सरमुकाम डडेल्धुरामा बडा दशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै कृषक वृद्ध बचत खाताको दशै भत्ता बितरण गरेको हो ।

शिव शिखर कृषि सहकारी सस्ंथा लिमिटेड सुविधा कार्यालय डडेल्धुराले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सस्ंथाका ३५ जना ग्राहकलाई भत्ता दिएको प्रबन्धक थानेश्वर जोशिले बताएका छन् ।

प्रति व्यक्ती रु २ सय ५० देखि ३ हजार सम्म गरी जम्मा ४० हजार बराबरको बृद्ध भत्ता वितरण गरिएको प्रबन्धक जोशिले बताएका छन् । यस्तै कार्यक्रममा उपस्थित अतिथिलाइ अन्तराष्ट्रीय गुणस्तर चिन्ह प्राप्त उपकार चियाको प्याकेट उपहार स्वरुप बितरण गरिएको छ ।

शुभकामना कार्यक्रममा बोल्ने अधिकांस बक्ताले सहकारी बिच समन्वय हुनु पर्ने, आम नागरिकमा बचतको भावना हुनु पर्ने बताएका छन् । कार्यक्रममा सहकारीका ग्राहक एंवम सदस्य, अन्य सहकारी सस्ंथाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!