डडेल्धुरामा एक किशोरीमाथी सामुहिक बलात्कार, तरुण दलका सभापतिसहित २ जना पक्राउ

Posted on: 30 Sep, 2018

अशोज १४, धनगढी । नेपाली काँग्रेसका युवा संगठन तरुण दलका नगर सभापति बीरबहादुर बोहरा र स्थानीय युवा शिवशंकर जोशीले एक किशोरीलाई सामूहिक बलात्कार गरेको खुलासा भएको छ । उक्त घटना नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लामा भएको हो ।

पशुराम नगरपालिका ५ बस्ने एक किशोरीलाई स्थानीय २ युवकले सामुहिक बलात्कार गरेका हुन् ।

अनन्ते मेलाबाट घर फर्किने क्रममा असोज ९ गते राति सोही नगरपालिका पोखरीका बीरबहादुर बोहरा र वडा नम्बर १० कुरमुल्लेका शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको डडेल्धुरा प्रहरीले बताएको छ ।

प्रहरीले आरोपी बोहरालाई पक्राउ गरिसकेको छ । उनी नेपाली काँग्रेसका युवा संगठन तरुण दलका नगर सभापति हुन् ।

राजनीतिक अगुवाले नै बलात्कारको नेतृत्व गरेपछि स्थानीय चिन्तित भएका छन् । बोहोराले नै बलात्कारको योजना बनाएको बताइएको छ ।

प्रक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले खोजीकार्य गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!