जिप दुर्घटनामा परि एकै वडाका १ जानाको मृत्यु ८ घाइते

Posted on: 31 Oct, 2018

कृष्ण बिष्ट | कात्तिक १४, बैतडी | डडेल्धुरामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ८ जाना घाइते भएका छन । सदरमुकाम डडेल्धरा बाट गन्यापधुरा गाउपालिका वडा नं २ बडाल  तर्फ गइरहेको से १ ज ३११ नं जिप दुर्घटना हुदा गन्यापधुरा गाउपालिका वडा नं २ मैलडामा बुधबार साँझ ७ बजे दुर्घटना हुदा गन्याबधुरा बस्ने ४३ वर्षीय कुमारि देउवाको मृत्यु भएको जिल्ल प्रहरि कार्यालय बैतडीले जनाएको छ । 

घाइतहुनेहरुमा गन्यापधुरा गाउपालिका २ का ४७ वर्षीया कर्ण देउवा, ४० वर्षीया सरुदेवी  देउवा, ३३ वर्षीया लोकेन्द्र देउवा, १४ वर्षीय बिमला देउवा, ३३ वर्षीय योगेन्द्र देउवा, ६ वर्षीया बालक शुवास देउवा, ३५ वर्षीया देव बहादुर देउवा र ११ वर्षीया मनिसा देउवा घाइते भएको जिल्ला प्रहरि कार्यालय डडेल्धुराका प्रहरि नायव उपरिक्षक डम्बर बहादुर केसीले जानकारि दिनुभयो ।  

दुर्घटनामा  गम्बिर घाइते भएका ६ वार्षीय शुवास देउवालाई थप उपचारका लागि धनगडी रेफर गरिएको र अन्य घाइतेको उपचार उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहको प्रहरि नायव उपरिक्षक केसीले बताउनुभयो ।

 चालकले मदिरा सेवन गरेकाले दुर्घटना भएको जिल्ला प्रहरि कार्यालय डडेल्धुराका प्रहारि नायव निरिक्षक धन सिँह महराले बताउनुभयो । 

चालक घाइते भएकाले उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको पनि उहाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!