ट्याक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु

Posted on: 03 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | डडेल्धुरामा ट्यक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु भएको छ । 

शुक्रबार राती १० बजे जिल्लाको भागेश्वर गाउपालिका वडा नं २ रुपालीगाडमा से १ त १००५ नं को  ट्याक्टर दुर्घटना हुदा भागेश्वर गाउपालिका वडा नं २ का वडा सदस्य ४२ वर्षीया भोज राज पनेरुको मृत्यु भएको हो । 

वडा सदस्य पनेरुको उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको र ट्याक्टर चालक गणेश सिँह बिष्ट प्रहरिको नियन्त्रणमा रहेको प्रहरि निरिक्षक खगेन्द्र सिँह सावदले जानकारि दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!