जीपमा दुर्घटनामा दुईको मृत्यु

Posted on: 17 Nov, 2018

मङ्सिर १, अमरगढी | डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो । 

दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताउनुभयो । दुर्घटनाको थप विवरण आउन बाँकीे छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!