डडेल्धुरामा धुँवाले निस्सासिएर बैतडीका एक बालकको मृत्यु, आमा घाइते

Posted on: 20 Dec, 2018

कृष्ण बिष्ट । पुस ५ बैतडी।  डडेल्धुरामा आगोको धुँवाले निसास्सिएर बैतडीका एकजना बालकको मृत्यु भएको छ । बैतडीको मेलैली नगरपालिका २ घर भइ डडेल्धुरामा बस्दै आएका अन्दाजी ११ वर्षीय विनोद भट्टको बुधबार  राति निसास्सिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

अमरगढी नगरपालिका ५ तुफानडाडामा रहेको पेनासीया एकेडेमीमा केयर टेकरको रुपमा कार्यरत विनोदकी आमा २८ वर्षीया हिरा भट्ट पनि गम्भीर घाइते भएकी प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो । हिरालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरीएको छ । जाडोका कारण मक्कल मा आगो बालेर ढोका थुनी राखे पछि कोठामा सुतेका आमाछोरा बिहिबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । दुध पुर्याउन आउनुभएकी महिलाले ढोका नखुलेपछि स्थानिय सँगै प्रहरीलाइपनि खबर गरीएको थियो । 

अस्पताल र्पुयाउने वित्तिकै विनोदलाई केहिबेरमा अस्पतालले मृत घोषणा गरेको हो । छोरा बिनोदको मृत्यु रातीनै भएको अस्पताल स्रोतले जानकारी दिएको छ । 

विनोद डडेल्धुरा सदमुकाम नजिकै रहेको बैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् । उनका बुबा कामको सिलसिला विदेशमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!