डडेल्धुरा बस दुर्घटनामा ज्यान गुमाउनेको पाँचै जनाको सनाखत

Posted on: 24 Apr, 2019

बैशाख ११, काठमाडौं | डडेलधुरामा आज विहान भएको बस दुर्घटनामा ज्यान गुमाउने  पाँचै जनाको परिचय खुलेको  छ  ।

दुर्घटनामा परी बझाङ्गको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्तीको मृत्यु भएको छ । त्यस्तै बझाङ्ग कै केदारस्युँ गाउँपालिका–५ का अन्दाजी वर्ष २५ का नरेन्द्र गुरुधामी र विहार भारतका मोहमद नासिरको मृत्यु भएको छ ।


मृत्यु भएका दुई महिलाहरुमा बझाङ्गकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी वर्ष ५५ की कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेकी छन् । 

गम्भीर घाईते बझाङ्ग मस्टा गाउँपलिकाका विनोद थापा, भारत विहारका मनासिर, कैलालीको गोदावारी १० का रेशम चौधरी, बझाङ्गको थलारा गाउँपालिकाका धनबहादुर चौहानलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । 

धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५:३० बजे दुर्घटनामा परेको थियो  ।

घाइते २० जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!