महाकाली करिडोर चाँडै

Posted on: 09 May, 2019

वैशाख २६, अमरगढी । पटक–पटक चर्चामा आएको महाकाली कारिडोरको काम चाँडै अगाडि बढ्ने भएको छ । 

डडेल्धुरादेखि कञ्चनपुर हुँदै दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली करिडोर जोगबुडा सडक खण्डको मङ्गलबार उद्घाटन गरिएको छ । विसं २०६६ देखि सञ्चालित महाकाली करिडोरअन्र्तगत जोगबुडा सडकखण्डको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले उद्घाटन गरेका हुन् । ब्रह्मदेवदेखि तिङ्करसम्म ४२५ किलोमिटर लामो सडकको हालसम्म ८८ किलोमिटर ट्र्याक खुलेको छ ।

बैतडीको बाराकोट भट्टालामा १७ किलोमिटर, गाँजरी–सिल्लेक १७ किलोमिटर, सलेना–धर्मघर १० किलोमिटर र दार्चुलाको बेत–जोलजिवी १० किलोमिटर र दार्चुला–राताकाठा ७ किलोमिटर ट्र्याक खुलेको छ । जोगबुडा–कुँणा–ब्रहम्देव १७ किलोमिटर सडक सञ्चालनमा आएको छ । महाकाली–तिङ्कर करिडोरका लागि बहुवर्षीय योजनाअन्र्तगत रु १८ अर्ब विनियोजन गरिए पनि हालसम्म रु ८० करोड बराबरको काम भएको योजना प्रमुख अच्युत विशाल पन्तले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!