यसरी मनाइदै छ सुदूरपश्चिममा माघेसंक्रान्ति

Posted on: 15 Jan, 2020

माघ १, डडेल्धुरा  | आज माघ १ गते अर्थात माघेसंक्रान्ति देशै भरी विभिन्न तरिकाले मनाइदै छ | त्यस्तै सुदूरपश्चिममा पनि यो पर्वलाई विशेष रुपमा लिइन्छ | नजिकैको तिर्थ स्थलमा गएर मानिसहरु विहानै देखि स्नान गरिरहेका छन् |


डडेल्धुराको भित्री मधेस अन्तर्गत परशुराम नगरपालिका–५ परीगाउँमा अवस्थित परशुरामधाममा पनि विशेष मेला लागेको छ |  बिहानै देखि महाकाली किनारमा भक्तजनहरू नुहाउने गरिरहेका छन् |

भारतका विभिन्न स्थानहरुबाट र सुदूरपश्चिमकै विभिन्न जिल्लाबाट दर्शनको लागि प्रशिद्ध मन्दिर परशुरामधाममा आएका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!