डडेल्धुरामा १६ वर्षीया छोरीमाथि बलात्कार गर्ने व्यक्ति पुर्पक्षका लागि जेल चलान

Posted on: 24 Feb, 2020

फागुन १२, डडेल्धुरा | डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बुबालाई जेल चलान गरिएको छ | 

प्रहरीका अनुसार जिल्ला अदालत डडेल्धुराको आदेशमा पुर्पक्षको लागि कारागार चलान गरिएको हो | १६ वर्षीया आफ्नै छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ |

विगत ६ महिनादेखि जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!