डडेल्धुरामा स्क्रिनिङमा तीव्रता

Posted on: 09 Apr, 2020

चैत २७, डडेलधुरा | सुदुरपश्चिमका चार जनामा कोरना भाइरसको सङ्क्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ । अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो । 

सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाका पनि स्वाब  परीक्षणका लागि पठाइन थालिएको डडेलधुरा अस्पतालका निमित्त मेडिकल प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । स्थानीयमा पहिलोपटक सुदुरपश्चिममा कोरना भाइरसको सङ्क्रमण देखिएसँगै डडेल्धुरा अस्पतालमा दिनहँु दुई–तीन जनाको स्क्रिनिङ गरेर स्वाब परीक्षणका लागि पठाइन थालिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म डडेल्धुरा अस्पतालमा दुई आइसोलेसनमा छन् । धनगढीमा कोरना भाइरसको परीक्षणका लागि ल्याब सञ्चालनमा आएपछि परीक्षणका लागि सहज भएको छ ।  जिल्लाभरि १०४ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका बरिष्ठ जनस्वास्थ्य प्रशासक ओशुतोष श्रेष्ठले जानकारी दिनुभयो  । 

सुदूरपश्चिममा करिब भारतबाट नेपाल भित्रिएका रु एक लाख ५० हजारमध्ये ८० प्रतिशत सात पहाडी जिल्लाका बासिन्दा रहेका सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयलले जानएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!