दैलेखको राकममा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

Posted on: 14 Jun, 2017

जेठ ३१, राकम (दैलेख) । राकम दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । कालिकोटको जितेबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस अाठबीस नगरपालिकको राकम कर्णालीस्थित भेल्तडीको नैनेल मन्दिर नजिकै दुर्घटना भएको हो । बसमा सवार ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी ८ पुरुष, २ महिला र १ नावालकको ज्यान गएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेव-विनायक नगरपालिका सिंह नेपाली, रुपा नेपाली, भैरवस्थान धिरेन्द्र बीसी, कालिकोटको राजकोट नगरपालिका- ६ का युवराज शाही,शान्नि त्रिवेणी गाउँपालिका सुनिल शाही, रासकोट नगरपालिका- ५ का धर्मराज शाही, प्रकाश शाही, कविता शाहीको सनाखत भएको छ ।

बाँकी ३ जनाको सनाखत हुन सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!