दैलेखमा १० बर्षीय बालिका बलात्कार गर्न खोज्ने प्रहरीको फन्दामा

Posted on: 13 Jul, 2017

असार २९, दैलेख । दैलेखमा एक दस बर्षीय वालिका बलात्कार गर्ने खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

ठाँटीकाँध गाउँपालिका-५ पाचलाबाका ४२ बर्षीय देउरामे रोकाय १० वर्षकी बालिका बलात्कार गर्न खोजेको आरोप पक्राउ परेका हुन् । 

बुधबार दिउँसो ठाँटीकाँध बजारस्थित आफन्तको घरमा आरोपितले बलात्कारको प्रयत्न गरेको प्रहरीले जनाएको छ । 

जबर्जस्ती बलात्कार गर्ने खोज्दा बालिका चिच्याएपछि घटनास्थल आएका नजिकका छिमेकीले आरोपित देउरामे रोकायलाई ठाँटीकाँध प्रहरीमा बुझाएका थिए । 

घटनाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!