तीन दिनसम्मको बलात्कार पछि युवतीको हत्या गर्ने आरोपी पक्राउ

Posted on: 04 Sep, 2017

दलसिंह गिरी | भदौ १९, कालिकोट | एक युवतीलाई तीन दिनसम्म बन्दक बनाएर बलात्कार गरी अन्तत: विष खुवाएर हत्या गर्ने हत्या आरोपी पक्राउ परेका छन् । दैलेख जिल्ला आठविष नगरपालिका अन्तर्गत पर्ने खिड्कीज्यूला बजारको एक होटलमा ३ दिनसम्म बन्दक बनाई बलात्कार सहित हत्या गर्ने सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका निवासी लक्ष्मीप्रसाद आचार्य पक्राउ गरेका हुन् ।

पढाईको शिलशिलामा सुर्खेत झरेकी कालिकोट जिल्ला तिलागुफा नगरपालिका निवासी अन्दाजी २० बर्षिया डब्लू (नाम परिवर्तन) सुर्खेतबाट कालिकोट जाने शिलशिलामा कालिकोट सम्मै पुगाई दिने भन्दै ना. ५ ख १८८७ नंं को ट्रक मार्फत कालिकोट लगेका ट्रकचालक आचार्यले खिड्कीज्यूलामा रहेको आले होटलमा ३ दिनसम्म बन्दक बनाई बलात्कार सहित विष खुवाएर हत्या गरेको प्रहरी अनुसन्धानले जनाएको छ । 

यता कालिकोट र दैलेखको सिमानामा पर्ने दैखोला खण्डमा आएको पहिरो आई कर्णाली राजमार्ग अवरोधको मौका छोपी एक चेलीको बलात्कार सहित विष खुवाएर हत्या गर्ने हत्यारालाई हदैसम्मको कारवाही गरिनु पर्ने भन्दै आज जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा र्याली सहित विरोध गरिएको छ । 

हत्याराको कार्वाहिको लागि सम्बन्धित निकायको ध्यानाकर्षको लागि कालिकोटका नागरिक समाजका अगुवाहरुको नेतृत्वमा विरोध र्याली गरिएको हो । पहुचको भरमा हत्यारालाई उन्मुक्ती दिन खोजीए चरणवद्ध आन्दोलन थालिने नागरिक समाजका अगुवाहरुले बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!