दैलेखमा माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

Posted on: 14 Sep, 2017

भदौ २९, दैलेख । दैलेखको सियाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । 

गुराँस गाउँपालिकाको वडा नम्बर ४ सियाकोटमा बा ४ ख ४२२२ नम्बरको माइक्रोबस दुर्घटना हुँदा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ का ज्ञानेन्द्रबहादुर विष्टको ज्यान गएको हो । घाइतेहरुको सुर्खेतको देउति नर्सिङ होम र क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!