दैलेखमा रुखको हाँगाले चोट लागेर एकको मृत्यु

Posted on: 24 Nov, 2017

मंसिर ८, दैलेख । दैलेखमा दाउराको लागि रुखको हाँगा काट्दै गर्दा हाँगाले लागेर शुक्रबार दिउँसो ३८ वर्षीय निरक विकको ज्यान गएको छ ।  

नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको करेनगैरामा सुकेको मौवाको रुखमा हाँगा काट्दा उछिट्टिएर लागेको चोटले घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

घरदेखि झण्डै डेढ किलोमिटर तलको जंगलमा दाउरा काट्न आएका निरकको साथमा उनकी पत्नी रत्ना र नातेदार भिमबहादुर विक भएको प्रहरी जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!