दैलेखमा झाडावान्ताले एक बालकको मृत्यु

Posted on: 25 Nov, 2017

मंसिर ९, दैलेख । लगातारको झाडा वान्ताले दैलेखमा चार वर्षका बालकको शनिबार बिहान ज्यान गएको छ ।

झाडावान्ताले भैरबी गाउँपालिका–५ छापमेलाकी बालकुमारी बिकका जेठो छोरा विवेक बिकको ज्यान गएको हो । उनका डेढ वर्षका छोरा विष्णु र ६ वर्षकी छोरी निरूता समेत सिकिस्त भएपछि डाँडीमाडीको निजी मेडिकलमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!