दैलेखका एक युवा बिस्फोटक पदार्थसहित काठमाण्डौबाट पक्राउ

Posted on: 28 Feb, 2018

फागुन १६, काठमाण्डौ | राजधानीको नागढुंगाबाट बिस्फोटक पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ प्रहरीले दैलेख नौमुले- ८ का २४ वर्षीय दशरथबहादुर शाहीलाई पक्राउ गरेको हो।

धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा सवार शाहीको साथबाट उक्त विपोटक पदार्थ फेला परेको हो।

महानगरीय प्रहरी वृत्त थानकोट प्रहरीका अनुसार शाहीको साथबाट बम बनाउने सामाग्री, सुपर पावर लोला ९० थान, डेटोनेटर १२ थान, सेफ्टी फ्युज ४४ थान, डोरी, गुलेली १ थान र कालो टेप २ थान बरामद् भएको हो। शाही बारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!