दैलेख केन्द्रबिन्दु भएर भूकम्प

Posted on: 02 Apr, 2019

चैत १९, काठमाडौं । दैलेख केन्द्रबिन्दु भएर सोमबार राति भूकम्प गएको छ। राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!