दैलेखमा हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु

Posted on: 29 Nov, 2019

मंसिर १३, काठमाडौं | दैलेखमा हायस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् | सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना भएको हो |

दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए | अन्य १३ जना घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको डीएसपी वलीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!