दैलेखमा नवजात शिशुको बेवारिसे शव भेटियो,असुरक्षित गर्भपतन गराएको आशंका

Posted on: 13 Jan, 2020

पुस २८, दैलेख | दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ | चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव फेला परेको हो |

करिब ६ महिने गर्भस्थ शिशुको शव भेटिएपछि ईलाका प्रहरी कार्यालय दुल्लुले घटनास्थलमा प्रहरी टोली खटाएको नगरपालिकाकी उपप्रमुख तारा शाहीले जानकारी दिइन् |

घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!