दैलेखमा डोजर दुर्घटना, दुई जना घाइते

Posted on: 17 Feb, 2020

फागुन ५, दैलेख | दैलेखमा डोजर दुर्घटना भएको छ | जिल्लाको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्कस्थित पिपल चौतारामा डोजर पल्टिदा दुई जना घाइते भएका छन् |

घाइते हुनेमा गुराँस गाउँपालिका–३ का ५४ बर्षीय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षीय सहचालक नरेश कुमार भण्डारी भाइते भएका छन् |

डोजर सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ | दुर्घटनामा घाइते भएकाहरुको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!