दाङको लमही–तुलसीपुर सडक भोलिदेखि तीन दिनसम्म पूर्णरुपमा बन्द

Posted on: 03 Jul, 2021

असार १९, दाङ | दाङको लमही-तुलसीपुर सडक खण्ड भोलिदेखि तीन दिनसम्मसम्म पूर्णरुपमा बन्द हुने भएको छ । यस सम्बन्धि जानकारीको सुचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । 

उक्त सडक खण्ड अन्तर्गत पर्ने पत्रे खोलाको कजवे मर्मत-सम्भार गर्नुपर्ने कारण देखाउंदै प्रशासनले आइतबार बिहान ८ बजेदेखि मङ्गलवार बेलुका १० बजेसम्म सडक पूर्ण रुपमा बन्द हुने जनाइएको छ ।

उक्त सडक बन्द हुनेभएपछि लमही–तुलसीपुर सडक खण्ड भई आवात-जावत गर्नेहरुलाई मंगलबार सम्म समस्या पर्न जाने भन्दै यसप्रति जिल्ला प्रशासनले सूचनामा लेखेको छ 'आवागमन बन्दबाट यात्रुहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्राथी छौं ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!