दाङमा जीप र मोटरसाईकल ठोक्किँदा ८ बर्षीय बालिकाको मृत्यु

Posted on: 18 Jul, 2017


साउन ३, दाङ । दाङमा जीप र मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक वालिकाको ज्यान गएको छ ।

दाङको पश्चिमवाट तुलसीपुर आउँदै गरेको भे १ च ५२६४ नं. को जीप र तुलसीपुरवाट पश्चिम तर्फ जाँदै गरेको बा ३६ प १८६० नं मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाकी ८ वर्षिय वालिका प्रतिक्षा  विकको घटनास्थलमै मृत्य भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


मोटरसाईकल चालक प्रतिक्षाका बुवा लिला बिकलाई भने सामान्य चोटपटक लागेको बताइएको छ । 

ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । तस्बिर: सागर थापाको फेसबुकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!