दाङमा बस दुर्घटना: एकको मृत्यु, ३१ घाइते, १५ को अवस्था गम्भीर

Posted on: 08 Jun, 2018

जेठ २५, दाङ | जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी ३१ जना घाइते भएका छन् । 

वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनपुरका पाँच वर्षीय बालक मुरली मोहमद रहेका छन् । 

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्यको लमही अस्पतालमा उपचार भइरहेको छ । 

गाडी तीव्रगतिमा रहेको र चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!