दाङमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु

Posted on: 17 Jul, 2018

साउन १, दाङ । दाङमा जंगली च्याउ खाँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ ।

मंगलवार विहान घोराही उपमहानगरपालिका वडा नं. १९ पाँचपोखरी निवासी ४० बर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमवार बेलुका नजिकैको जंगलवाट च्याउ ल्याएर खाएपछि गम्भीर विरामी परेका घर्तीलाई उपचारका लागि बेलुका नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भब नाभएपछी थप उपचारको लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा मंगलवार विहान ३ बजेतिर निधन भएको प्रहरीले जनाएको छ् ।

आइतवार मात्रै घोराही १९ कै १९ बर्षीय बालाराम घर्ती र सोहि वडाकै ५ बर्षीया बालिका प्रशंशा घर्तीको असार २९ गते उपचारको क्रममा कोहलपुरमै मृत्यु भएको थियो ।

एकै वडाका ३ जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझैं आधा दर्जन जति व्यक्तिहरुको बाँकेमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!