प्रमुख जिल्ला अधिकारी मेघनाघ काफ्ले दाङ आए

Posted on: 13 Jan, 2017

सन्तोषकुमार गुप्ता । दाङ २९ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले दाङ आए सकेका छन् । तीन हप्ता देखि प्रमुख जिल्ला अधिकारी बिहिन बनेको दाङमा गृहमन्त्रालयले मेघनाथ काफ्लेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी काफ्ले दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर काम थालेका छन् । सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएका काफ्लेको एक महिना अगाडी मात्र गृह मन्त्रालयमा सरुवा भएको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले सरुवा भएर पुस ९ गते ललितपुर गएपछि तीन हप्ता सम्म प्रशासकिय अधिकृतको भरमा प्रशासन चलेको थियो । तीन दशक देखी निजामती सेवामा हनुभएका प्रमुख जिल्ला अधिकारी काफ्लेले छिट्टै सहायक प्रमुख जिल्ला अधिकारी पनि आउने जानकारी दिनुभयो । विहिबार हाजिर भएका प्रमुख जिल्ला अधिकारी काफ्लेले सबैको सल्लाह, सुझाव र आबस्यकताका आधारमा जिल्लाको सुरक्षा व्यवस्था र नियमित कामहरुको नियमन गर्ने प्रतिक्रिया दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!