दाङमा तीस हजार दर्शक अट्ने रंगशाला निर्माण हुँदै

Posted on: 28 Aug, 2017

भदौ १२, दाङ । आगामी २०७५ सालमा हुने वृहत ८ औँ राष्ट्रिय प्रतियोगीतालाई मध्यनजगर गर्दै दाङमा रंगशाला निर्माण हुने भएको छ । 

दाङ जिल्ला खेलकुद विकास समितिले बेलझुण्डीमा रहेको समितिको जग्गामा रंगशाला निर्माण गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिनुभएको छ । 

खेलकुद विकास समितिको १५ बिगाहा जमिनमा यही आर्थिक वर्षभित्र रंगशाला निर्माणको काम सुरु गरिने र यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले रु दुई करोड रकम विनियोजन गरिसकेको छ । पहिलो चरणमा फुटबलका लागि फिल्ड र ट्र्याक निर्माण हुने अध्यक्ष डाँगीले बताउनुभयो । तीस हजार दर्शक अट्ने गरी रंगशाला निर्माण हुने छ । 

पहिलोचरणमा फुटबलका लागि रंगशाला तयार हुनेछ भने विस्तारै अन्य भौतिक संरचना निर्माणका लागि थप बजेटसमेत उपलब्ध हुने उहाँले बताउनुभयो । 

त्यसैगरी यो वर्ष रामपुरमा रहेको क्रिकेट मैदानका लागि रु २० लाख र त्यहाँ रहेको खेलकुद विकास समितिको ४५ बिगाह जमिन संरक्षणका लागि रु १० लाख बजेट छुट्याइएको डाँगीले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!