सल्यानको सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालन, भाडादर कति ?

Posted on: 17 Nov, 2017

मङ्सिर १, सल्यान | (रासस) | सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म आजदेखि बस सञ्चालनमा आएको छ । 

सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालीमाटी हुँदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो । भेरी राप्ती बस व्यवसायी समिति सल्लीबजार सल्यान र राप्ती सार्वजनिक यातायात तुलसीपुर दाङबीचमा आलोपालो गाडी सञ्चालन गर्ने सहमति भएको भेरी राप्ती समिति प्रधान कार्यालय सल्लीबजारका सचिव प्रेम पुनले बताउनुभयो । 

तुलसीपुरका लागि सल्लीबजारबाट बिहान ७ बजे र सल्लीबजारका लागि तुलसीपुरबाट बिहान ८:४५ मा बस छुट्ने भेरी राप्ती यातायात कार्यालय प्रमुख टोपबहादुरले जानकारी दिनुभयो । सल्लीबजारदेखि तुलसीपुरसम्मको भाडा रु ४५० कायम गरिएको छ । 

सल्लीबजारबाट सीधै यातायातका साधन सञ्चालनमा नहुँदा दाङ आउन सुर्खेतको छिन्चु, कोहलपुर हुँदै दाङ पुग्नुपर्ने बाध्यता थियो । बस सञ्चालनमा आएपछि सात घण्टामै स्थानीय सल्लीबजारबाट दाङ आउन सकिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!