दाङमा दुई करोड बढीको कृषि फार्म उद्घाटन गरियो

Posted on: 14 Feb, 2018

फागुन २, दाङ । पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ । 

मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो । 


विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन उत्पादन गर्न शुरु गरेको फार्मले मंगलबारदेखि औपचारिकरुपमा आफ्ना उत्पादनलाई बजारमा ल्याउन शुरु गरेको छ । 

तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफूहरुले फार्म सञ्चालन गरेको सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय कृषकको उत्पादनलाई आफ्नो फार्ममा खपत गरेर उपभोक्ताको घरसम्म लैजान आफूहरुले भूमिका खेल्नेसमेत बताए । 

फार्मको साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना रिजमका निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । सो अवसरमा अर्यालले यस्ता उद्योगले स्थानीय कृषकको आयस्तर वृद्धि गर्न टेवा पुग्ने बताए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!