दाङको घोराहीमा झोलुङ्गे पुल निर्माण

Posted on: 03 Jul, 2018

असार १९, दाङ | घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्नका लागि सेवार खोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । 


झण्डै रु २४ लाखको लागतमा वडा नं १३ लापेदेखि वडा नं १९ को धोक्रे जोड्ने पुल निर्माणको जिम्मा सेवा प्रतिष्ठान तुलसीपुरले थियो । सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पुल उद्घाटन गर्र्दै पुललाई सम्पत्तिका रुपमा संरक्षण गर्न आग्रह गर्नुभयो । 

पुल निर्माणमा जिल्ला समन्वय समिति दाङ, जिल्ला प्राविधिक कार्यालय दाङको रु २१ लाख दुई हजार ९५४, उपमहानगरपालिकाको रु एक लाख ३७ हजार १४८ र उपभोक्ताको रु ४५ हजार ७१६ लागेको छ । 

पुल निर्माण भएपछि वडा नं १३ का खानीगाउँ, कोलवन, मलार गाउँका १५० भन्दा बढी घरधुरीका एक हजार ९५ जनसंख्यालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिनुभयो । वडा नं १३ का अध्यक्ष रविलाल घर्तीले पुल संरक्षणका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!