‘दाङ–सुर्खेत सडक निमार्णकार्यले तीव्रता पायो’

Posted on: 17 Mar, 2019

चैत ३, दाङ (रासस) | कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडकखण्डको निर्माणकार्य छिटो सम्पन्न गर्न आफूले विशेष चासोका साथ लिइरहेको बताउनुभएको छ । 

आज सल्यान जाने क्रममा तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले दाङ खण्डको काम भइरहेको बताउनुभयो ।उहाँले सल्यानको सिमानामा पर्ने सडक कालिमाटी आसपासको ठाउँमा सडक निर्माणकार्य दूर्तगतिमा भइरहेको जानकारी दिनुहँुदै सुर्खेतको सिमानामा सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 

मन्त्री ज्वालाले राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान सिमानादेखि सितलपाटीसम्मको करीब रु ४९ करोडको बहुवर्षीय योजनाको टेण्डर निकाल्ने तयारी भइरहेको बताउनुभयो । त्यस्तै तुलसीपुरदेखि दाङ–सल्यानसम्मको दुई लेनको सडकमा पनि बहुवर्षीय योजनाअन्तर्गत करीब रु ५० करोडमा टेण्डर आह्वान गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा आफैँ पुगेर फाइल अगाडि बढाइएको समेत उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!