दिगो विकासको काम गर्न मुख्यमन्त्रीको आग्रह

Posted on: 08 Jun, 2019


‘सम्पन्न जनता, समृद्ध दाङ’ भन्ने मुख्य नारासहित तेस्रो जिल्लासभा शनिबार घोराहीमा सम्पन्न भएको छ ।

  सभाको उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले परिणाममुखी काम गर्न जिसस र पालिकालाई आग्रह गर्नुभयो । उहाँले विकासको कामसँगै, जनताको सेवाप्रवाहलाई व्यवस्थित, सुविधायुक्त र सहज बनाउन पनि विशेष जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले जिल्ला समन्वय समितिले जिल्लाको सम्पूर्ण विकासको मार्गदर्शन तयार पारेकोप्रति खुशी व्यक्त गर्दै परिणाममुखी र देखिने खालका कार्यक्रममा रकम खर्च गर्नुपर्ने बताउनुभयो । 

  भेलामा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम एवं बजेटको विषयमा जानकारी गराउनुभएको थियो ।   प्रतिनिधिसभाका सांसद हिराचन्द्र केसी, गङ्गा चौधरी, सरस्वती गौतम, रेखा शर्मा, नेकपाकी सचेतक शान्ता चौधरी, राष्ट्रियसभा सदस्य कोमल वली, प्रदेशसभा सदस्य दामा शर्मा, इन्द्रजीत थारू लगायतको सहभागिता रहेको थियो | प्रमुख जिल्ला अधिकारी जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण समन्वय समितिका प्रशासकीय अधिकृत कृष्ण अधिकारीले गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!