नेपालमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

Posted on: 26 Jun, 2020

असार १२, काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको हो । 

दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 नेपालमा यो सहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!