दाङको घोराही उपमहानगरपालिकामा एमाले विजयी

Posted on: 03 Jul, 2017


असार १९, दाङ ।  दाङको घोराही उपमहानगरमा एमाले विजयी भएको छ । 

एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी २० हजार  ७ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मेयर उम्मेदवार भूपबहादुर डाँडीले  १६ हजार ३ सय ७६ मत प्राप्त गरेका छन । 

उपमेयरमा एमालेकै सीता न्यौपाने बिजयी भएकी छिन । उनले कांग्रेसका पुष्पा श्रेष्ठलाई पछि पर्दै विजय हासिल गरेकी हुन् । एमालेले घोराहीमा ११ वडा जितेको छ भने कांग्रेस ६ वडामा बिजयी भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले २ वटा वडामा बिजयी हासिल गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!