राज्यमन्त्री चौधरी र मेयर पाण्डेको संयुक्त प्रतिबद्धता - दाङलाई प्रादेशिक राजधानी बनाउन पहल गछौं

Posted on: 27 Aug, 2017

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।आईतबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विकास निर्माणमा एकसाथ अगाडी बढ्न श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेका छन ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले बाढीबाट क्षति भएका पुर्बाधारको पुनर्निर्माण र राहतको काममा एकसाथ अगाढी बढ्न आग्रह समेत गरे । उनले भने सामाजिक अभियानमा आफुहरुको लामो समयदेखी राम्रो समन्ध रहदै आएको र यस क्षेत्रको विकासमा समेत आफुले नेता चौधरी सँग ठुलो अपेक्षा गरेको उनले बताएका छन कार्यक्रममा नगर प्रमुख पाण्डेले भने तुलसीपुर उपमहानगरपालिका बासीको रुपमा आफुहरुले नेता चौधरीलाई मन्त्रिको रुपमा पाएकोले आफुहरुले ठुलो अपेक्षा समेत गरेको उनले बताएका छन ।

पुनर्निर्माण ,राहत , तुलसीपुर बिमान स्थल सञ्चालन तथा प्रदेशको राजधानि दाङमा बनाउने बिषयमा चासो र सक्रियता बढाउन आग्रह गर्दै मन्त्रीको साथमा स्थानिय सरकार रहेको समेत बाएका छन ।कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले सबै पार्टिहरुले सकारात्मक भूमिका खेल्न सके दाङलाई प्रादेशीक राजधानी बनाउन सकिने दाबी समेत गरे। उनले भने बुटवल राजधानी बनाउन त्यो क्षेत्रका सबै नेताहरु लागी परेका छन हाम्रो यहा पनी राजधानीको सवालमा सबै एक हुन जरुरी रहेको उनले बतए ।

दाङमा बाढीबाट क्षति भएको पूर्बाधार निर्माणका लागि आफुले २ अर्व रुपैया सरकारसग माग गरेको जानकारी दिदै मन्त्री चौधरीले केही दिन भित्रमा जिल्लामा रहेका केही पूलको उद्घाटन र शिलन्यासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दाङमा आउन लागेको समेत चौधरीले कार्यक्रममा जानकारी दिएका थिए साथै समग्र दाङको विकासको लागी कुनै पनी दल नभनेर एक भएर लाग्नु पर्ने उनले बताएका छन ।

राजनिति भनेको चुनाबमा मात्र हो अब त विकासको लागी सबै एक ठाउमा हुनुपर्ने उनले बताएका छन ।उक्त स्वागत तथा सम्मान कार्यक्रमको सहजिकरण उपमहानगरपालीकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!