तुलसीपुर उपमहानगरको सोमबार नगरसभा बस्दै, झण्डै सवा अर्ब बढीको बजेट प्रस्तुत हुने

Posted on: 27 Aug, 2017

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनुमान गरीएको बजेट प्रस्तुत हुनथालेको बताईएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिकाद्धारा आयोजना गरीएको पत्रकार भेटघाट कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले उक्त कुराको जानकारी दिएका छन । सोमबार बस्ने नगर सभाको बैठकमा उक्त बजेट प्रस्तुत हुने बताईएको छ । नगर प्रमुख पाण्डेका अनुसार यो बर्षदेखी एकिकृत सम्पती करलाई सबै वडामा बिस्तार गरिने समेत उनले बताएका छन ।

यो आर्थिक बर्षको बजेटमा शिक्षा, स्वास्थ्य, शैक्षिक सुधार र कृषी  क्षेत्रलाई बिशेष प्राथमिक्तामा राखिएको उनले बताएका छन । प्रमुख पाण्डेका अनुसार बजेटका मुख्य बिशेषताहरुमा यस्ता रहेका छन् । 

१) प्रत्येक वडामा रु १ करोड बजेट बिनियोजन ।

२) पुर्बाधार अन्तर्गत सडक, खानेपानी जस्ता कुरामा प्राथमिक्ता ।

३)बाढी प्रभाबित क्षेत्रमा ३ करोड बजेट ।

४) फोहर व्यबस्थापन र गरीबी व्यबस्थापनलाई उच्च प्राथमिक्ता ।

५) ८ वटा स्थास्थ्य केन्द्रहरुमा एम्बुलेन्स सुरु ।

६)वार्ड नं ५ र ६ मा शब बहान खरीद २ वटा ।

७) १९ वटै वडामा खेलकुद मैदान निर्माण ।

८) प्राबिधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई १० लाख अनुदान ।

९) तुलसीपुर बजारलाई सिसि क्यामरामा जोड्ने ।

१०) १९ वटै वार्डमा वाईफाई सेवा सञ्चालन ।

११) रोटरी पार्कीङ र तुलसी र्टेड टावर सञ्चालन ।

१२) छिल्लीकोटमा केबुलकार सञ्चालनको सँभाव्यत्ता सुरु ।

१३) बसपार्कलाई यो आर्थिक बर्ष भित्र सञ्चालन गर्न ९ करोड बजेट बिनियोजन ।

१४) मातृ शिशु सुरक्षा भत्तामा सरकारले दिने सेवामा थप वृद्धी गरी ५ हजार पुराउने ।

१५) १ जना साहित्यकारको कृर्ति प्रकाशनको पुरा जिम्मेवारी लिने र श्रस्टाहरुलाई सम्मान कार्यक्रम जस्ता कुरा यो बजेटको मुख्य बिशेषता रहेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेले जानकारी दिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!