दाङका काँग्रेस उपसभापतिमा भारती

Posted on: 19 Sep, 2017

असोज ३, दाङ। नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ । 

जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो । 

सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ । यसैगरी सचिवमा टेकबहादुर वली र सहसचिवमा खिमाकुमारी अधिकारी चयन भएको सचिव डाँगीले जानकारी दिनुभयो । 

बैठकले अब हुने संघ र प्रदेशको निर्वाचनका लागि सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका तहमा जिल्ला पदाधिकारी तथा प्रतिनिधिलाई खटाइने निर्णय भएको सचिव डाँगीले जानकारी दिनुभयो ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!