प्रदेश ५ को राजधानी दाङ बनाउन कटिबद्ध छुः महरा

Posted on: 13 Nov, 2017

कात्तिक २७, दाङ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध भएको बताउनुभएको छ । 

घोराहीको रतनपुरमा आज बिहान आयोजित कार्यक्रममा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महराले यस क्षेत्रको विकासमा आफूले उल्लेख्य योगदान गरेकाले सबै पार्टीका कार्यकर्ताले आफूलाई सहयोग गर्ने जिकिर गर्नुभयो । 

वाम गठबन्धन कसैका विरुद्ध नभएर समग्र मुलुकको विकास र समृद्धिका लागि भएको बताउँदै उहाँले निर्वाचनपछि वामपन्थीको सरकार बन्ने जिकिरका साथ माओवादी केन्द्र र नेकपा (एमाले) बीच पार्टी एकता हुने स्पष्ट गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!