दाङ ३ मा चुनाव जित्न कांग्रेसको भित्री सेटिङ्ग, कानून बिपरीत निर्वाचन अधिकृत तोकेको खुलाशा

Posted on: 17 Nov, 2017

मंसिर १, दाङ । कांग्रेसले दाङ ३ का कानून बिपरीत निर्वाचन अधिकृत तोकेको खुलाशा भएको छ । 

कानून अनुसार सम्बन्धित जिल्लाका कर्मचारीलाई निर्वाचन अधिकृत तोक्न नपाइने नियम भए पनि कांग्रेसले भित्रभित्रै सेटिङ्ग मिलाएर निर्वाचन अधिकृत तोकेको खुलाशा भएको छ । निर्वाचन अधिकृत तोक्ने निकाय न्याय परिषदलाई कांग्रेसले दवाब दिएर कानुन बिपरित दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा सोही क्षेत्रको मतदाता समेत रहेका उप न्याधिवक्ता चक्रदेव आचार्यलाई निर्वाचन अधिकृत तोकेपछि विवाद भएको हो ।

आचार्य तुलसीपुर उपमहानगरपालिका २ नम्बर वडावासी हुन् । उनको क्रमसंख्या ६ सय १५ हो भने, मतदाता नम्बर ३७२४१७७ हो । सम्बन्धित क्षेत्रका व्यक्तिलाई निर्वाचनमा खटाउँदा निर्वाचनको निष्पक्षमा प्रश्न उठ्ने भएकाले जिल्ला बाहिरका कर्मचारीलाई खटाउने कानूनी प्राबधान छ तर जानी-जानी सोहि क्षेत्रका मतदातालाई नै निर्वाचनमा खटाउनु गैरकानुनि मानीएको छ ।

उक्त क्षेत्रमा काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी प्रतिनिसधा र प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र डिल्ली चौधरी प्रदेशसभामा कांग्रेसबाट उम्मेदवार छन् । वापमन्थी गठबन्धनबाट हिराचन्द्र केसी उम्मेदवार छन् । आचार्यलाई प्रधानमन्त्रीको दबाबमा न्याय परिषदले सोही क्षेत्रमा निर्वाचन अधिकृत तोकेको आरोप छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सम्बन्धित जिल्लाका कर्मचारीलाई समेत निर्वाचनको महत्वपूर्ण जिम्मेवारी दिन नमिल्ने कानूनी व्यवस्था भएको भन्दै त्यहीं क्षेत्रकै मतदातालाई निर्वाचन अधिकृत तोक्नु कानून सम्मत नभएको बताएका छन् । 

बिपक्षीले दाङ ३ मा चुनाव जित्न कांग्रेसको भित्री सेटिङ्ग रहेको भन्दै कानून बिपरीत निर्वाचन अधिकृत तोकेर कांग्रेसले आफ्नो असली रुप देखाएको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!