दाङलाई वाम गठबन्धनले नमूना जिल्ला बनाउँछ: ओली

Posted on: 23 Nov, 2017

मङ्सिर ७, दाङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ दाङले बिहिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले छ–छ महिनामा सरकार फेरिने प्रवृतिको अन्त्य गर्नका लागि गठबन्धन कायम गरिएको स्पष्ट पार्नुभयो । 

निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी देशको विकास र जनताको अधिकार ग्यारेन्टी गर्नेसमेत जिकिर गर्नुभयो । 

पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले पार्टी एकताको आधारहरु तयार भइसकेको र अब घोषणा हुनमात्र बाँकी रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले हिंसाको बाटो समातेको नेकपा माओवादी (विप्लव)लाई प्रश्रय दिनेगरी नेपाली काँग्रेस लागिपरेको आरोप लगाउनुभयो । उहाँले दाङ जिल्लालाई नमूना जिल्ला बनाउने जिम्मा वाम गठबन्धनले लिने भन्दै त्यसका लागि नआत्तिन काँग्रेसलाई आग्रह गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!