प्रदेश ५ को राजधानी दाङ बलियो बन्दै, एकपछि अर्को कार्यालय स्थापना हुँदै

Posted on: 13 Jan, 2018

पुस २९, दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा ५ नं प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता एवं नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 


आगामी माघ २४ गते हुने निर्वाचनका लागि ५ नं प्रदेशको दाङ देउखुरी जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतले राष्ट्रियसभा निर्वाचन प्रक्रियासँगै राष्ट्रियसभाका मतदाता प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख रहने व्यवस्था रहेको छ । 

प्रदेश नं ५ मा १२ जिल्ला रहेका छन् । निर्वाचन प्रक्रिया माघ ७ गतेदेखि शुरु हुनेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!