प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on: 24 Jan, 2018

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा –महिला), रोल्पा, कोमल वली –महिला), दाङ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यस्तै माओवादी केन्द्रबाट राजकुमार कुँवर (अल्पसंख्यक र अपांगता), चन्द्रबहादुर खड्का (खुला) बाट उम्मेदवारी दिएका छन् भने जनमोर्चाबाट रश्मिराज नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।

आठजना राष्ट्रियसभा सदस्य रहेको प्रदेश नम्बर ५ मा वाम गठबन्धनको तर्फबाट एमाले, माओवादी र जनमोर्चाले उम्मेदवारी दर्ता गराएका हुन् तर बाँकी एकजना सदस्यको लागि भने वाम गठबन्धनले उम्मेदवारी दिएको छैन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!