विप्लव समूहका पश्चिम दाङ सेक्रेटरी पक्राउ

Posted on: 13 Jan, 2020

पुस २८, दाङ | सरकार द्वारा प्रतिबन्धित विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डे पक्राउ परेका छन् | सोमबार बिहान सवा ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ |

जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएका प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो | प्रहरीका अनुसार असोज महिनामा राजपुर गाउँपालिकाबाट २१ जना नेता कार्यकर्ता पक्राउ परेपछि पाण्डेले जिल्लामा विप्लवको गतिविधि सञ्चालन गर्दै आएका थिए |

उनले व्यापारी तथा विभिन्न संघसंस्थालाई थर्काउँदै चन्दा आतंक फैलाएको भन्ने गुनासो बढेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!