कांग्रेस जगत खड्काको ह्याट्रिक

Posted on: 25 Nov, 2021

मंसिर ९,  दाङ | कांग्रेस राजनीतिमा जगतबहादुर खडका चर्चित नाम हो । दाङ कांग्रेसको राजनीतिमा निर्णायक पनि हुँदै आएका छन् । निर्वाचन क्षेत्र नं ३ लाई १५ वर्षदेखि हाँक्दै आएका ६६ वर्षीय उनीमा युवा जोश देखिन्छ ।  

तुलसीपुर उपमहानगरपालिका १० घर भएका खड्का निर्वाचनका बेला बढी चर्चामा आउने गर्दछन् । सहज रूपमा संगठनलाई चलायमान गराइरहेका खड्का अहिले क्षेत्रीय सभापतिमा निर्वाचनमार्फत ह्याट्रिक गरेका छन् ।

११औँ महाधिवेशनदेखि क्षेत्रीय समितिमा रहेका खड्का १२औँ महाधिवेशनबाट लगातार क्षेत्रीय सभापतिमा निर्वाचित हुदै आएका छन् । ‘यो मलाई पार्टीले साविक क्षेत्र न ४ र ५ समायोजनका क्रममा क्षेत्र नं ३ को सभापतिको जिम्मेवारी सुम्पेको हो र त्यो मैले राम्रोसँग निर्वाह गरेँ । त्यसैले यो अधिवेशनमा पनि समापति जितेर आएको छु । अब अझ संगठनलाई बलियो र क्रियाशील बनाउँछु', उनले भने,  ‘म कार्यकर्तालाई परेका बेला जहाँ र जतिखेर पनि खडा हुन्छु । त्यसको माया निर्वाचनमा पाइरहेको छु ।'

११औं महाधिवेशन उनी जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । १२औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा निर्वाचित भए । १३औं महाधिवेशनबाट पनि क्षेत्रीय सभापतिमा निर्वाचित भए । र १४औं महाधिवेशनबाट पनि उनी सभापति निर्वाचित भए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!