दाङमा साउने सक्रान्तीमा माइत हिँडेकी महिलाको भिरबाट लडेर मृत्यु

Posted on: 17 Jul, 2017

साउन २, दाङ ।  दाङमा माइत हिँडेकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । 

दाङको पहाडी भेगमा पर्ने बंगलाचुली-४ की ३५ बर्षीय शिवादेवी घर्तीको स्थानीय छहरेखोलाको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार साउने संक्रान्ति मान्न माइत जाने क्रममा भिरबाट लडेर उनको आइतबार बेलुका ज्यान गएको हो । सडक छेउमै रहेको भिरबाट उनि एक सय मिटर तल खसेकी थिइन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!