दाङमा मोटरसाईकलको ठक्करवाट एक महिलाको मृत्यु

Posted on: 21 Jul, 2017

साउन ६, दाङ । दाङमा मोटरसाईकलको ठक्करवाट एक महिलाको ज्यान गएको छ ।

विहीवार विहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरीयामा  रा १ प ४३३७ नम्वरको मोटरसाईकलले ठक्कर दिंदा ३० बर्षीया जानकी चौधरीको ज्यान गएको हो ।

मोटरसाईकलको ठक्करवाट गम्भिर घाइते भएकीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!