हुमाचन्द्रले टुहुरा बनेका नावालक दाजुवहिनीको पढाइ खर्च व्यहोर्ने

Posted on: 14 Sep, 2017

शंकर के सी।भदौ २९, दाङ। दुर्घटनामा एकसाथ आमाबुवा गुमाएका दाङ शान्तिनगरका नावालक दाजुवहिनीलाइ हुमाचन्द्र बोर्डिङ स्कुलले पढाउने जीम्मा लिएको छ । टुहुरो र वेसहारा बनेका साढे तीन वर्षिया सिम्रन केसी र आठ वर्षिय प्रयत्न केसीलाइ शान्तिनगर ३ स्थीत हुमाचन्द्र बोर्डिङ स्कुलले पढाइ शुल्क, किताव, कापी, ड्रेस खर्च व्यहोर्ने जनाएको हो ।


कमजोर आर्थीक अवस्थाको परिवार रहेको दुइ नावालकका आमा सिता केसी र बुवा ढक बहादुर केसीको सवारि दुर्घटनामा मृत्यु भएपछि ठूलो समस्यामा परेका नावालक दाजुवहिनीको पढाइको जीम्मा लिएको बोर्डिङ स्कुलका सञ्चालक निम बहादुर केसीले जनाए ।

‘सिम्रन र प्रयत्नको जीवनमा कलीलो उमेरमै ठूलो बज्रपात आइप¥यो, यतिखेर सहयोगको खाँचो छ,’ सञ्चालक केसीले भने–‘हामीले हाम्रो ७ कक्षा सम्म संचालन भएको स्कुलमा पढाइ खर्च सबै व्यहोर्ने निर्णय गरेका छौं ।’

उनले दुइ नावालको लालन पालनका लागी सहयोगी मनहरुको आवश्यकता रहेको पनि बताए । आमाबुवाको मृत्यु पछि सिम्रन र प्रयत्नको घरमा हजुर आमा, ठूलो बुवा र ठुलीआमा छन् ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!