दाङको दोलाईखोलामा एक युवकको मृत अवस्थामा शव फेला

Posted on: 17 Sep, 2017

सन्तोषकुमार गुप्ता । दाङ १ असोज । दाङको राप्ती गाउँपालिका ५ दोलाईखोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  राप्ती गाउँपालिका ५ पहरुवा निवासी अन्दाजी ४० वर्षिय राजु चौधरी दोलाईखोला पुल देखि ५सय मिटर दक्षिणतर्फ खोलाको बिच भागमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । 

आइतवार बेलुका करिव साढे ४ बजेको समयमा खेतमा काम गर्न गएका स्थानीयहरुले देखे पछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले खवर पाए लगत्तै घटना स्थलको पुगेको थियो । मृतक चौधरीको शवलाई लमही अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!